धनगढीमा 'माइण्ड एण्ड मेमोरी पावर वर्कशप' कार्यक्रम हुने, सुपर मेमोरी किङ्ग डा पजियार आउँदै

धनगढीमा 'माइण्ड एण्ड मेमोरी पावर वर्कशप' कार्यक्रम हुने, सुपर मेमोरी किङ्ग डा पजियार आउँदै

धनगढी । धनगढीमा माइण्ड एण्ड मेमोरी पावर वर्कशप कार्यक्रम हुने भएको छ । त्रिनयन संस्था र जय आर्यमा एजुकेशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम यही चैत्र १४ गते रुवस होटलमा हुने भएको हो । कार्यक्रम शनिबार विहान ८ बजेबाट सुरु भई दिउँसो १२ बजे सम्म चल्ने आयोजकले जनाएको छ ।

यस क्षेत्रका प्रसिद्ध निजी तथा व्यावसायिक  संघसंस्था, करिब १५ वटा सामाजिक क्लबहरुको सहयोगमा धनगढी स्थित द रुबस होटल को सभाहलमा यस क्षेत्रका विद्यार्थी, शिक्षक,अभिभावक, व्यापारीहरूलाइ लक्षित गरि उक्त कार्यक्रममा आयोजना गरिएको बताईएको छ ।

उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा विश्वकै तेज मेमोरी भएका डा.नबल पजियार आउने भएका हुन । पजियारले एक मिनेटमै ५४ वटा बस्तुको नामहरुको क्रम स्मरण गरि गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन । हाल उनी अन्तराष्ट्रिय मेमोरी एण्ड माइण्ड पावर ट्रेनर, लाईफ कोच, समय व्यवस्थापन प्रशिक्षकका रुपमा परिचित छन ।

उनले पढेका कुराहरुलाइ कसरी सहज र छिटो स्मरण गर्ने, कसरी समय व्यवस्थापन गर्ने, स्मरण शक्ति कसरी वृद्धि गर्ने भन्ने विषयमा देश तथा विदेशमा समेत ट्रेनिंग दिइरहेका छन । विभिन्न सेलिब्रेटहरु जस्तै भारतीय बलिउड अभिनेता, अभिनेत्रीहरु, राजनितिज्ञहरु, व्यापारी, शिक्षक, विद्यार्थीहरुलाइ समेत तालिम दिईसकेका छन ।

उक्त कार्यक्रममा नवल पजियारको सेसन करिब चार घण्टाको रहने कार्यक्रमका संयोजक जय धामीले जानकारी दिए । कार्यक्रममा डा. पजियारले स्मरण शक्ति सम्बन्धि र लाइफ म्यानेज सम्बन्धि विशेष कक्षा दिने छन ।

यस्तै धनगढीका विभिन्न विद्यालयमा पुगेर कार्यक्रमको बारेमा बताउँदा शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक प्रतिक्रिया आएको र उत्साहका साथ सबैको उपस्थिति रहने कुरा जय आर्यमाका सञ्चालक तथा कार्यक्रम व्यवस्थापक रोहित चन्दले बताए ।

उनले उपलब्धीमुलक कार्यक्रम रहेकाले सबै जनालार्ई कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सुरक्षाका साथ उपस्थित हुन आग्रह गरेका छन ।