क्रिकेटर सन्दीप स्वदेश फिर्ता

क्रिकेटर सन्दीप स्वदेश फिर्ता

युवा क्रिकेटर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध माघ ११ गतेबाट सुरु हुने एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि आज स्वदेश फर्किएका छन् । बंगलादेश प्रिमिएर लिग खेल्न गएका उनी यूएईबिरुद्ध खेलका लागि नेपाल फर्किएका हुन् । 

अष्ट्रेलियामा बिग बासमा सहभागी भइ सन्दीप सिधै बंगलादेश पुगेका थिए । यूएईबिरुद्ध खेलका लागि फर्किएका सन्दीपसहित नेपाली टोली भोली मंगलबार दुबई प्रस्थान गर्दैछ । अष्ट्रेलियामा बिग बास खेल्दाखेल्दै बंगलादेश आएका सन्दीपले सिलेट सिक्सरबाट ६ खेलमा चार विकेट लिए ।

बिग बास खेल्दा सन्दीपले मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाइज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिति अनिवार्यजस्तै बनाइसकेका छन् ।