चौथो जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

चौथो जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

पुनर्वास : कञ्चनपुरको दक्षिण भेग पुनर्वास नगरपालीका वडा नंम्वर १० साबिक भिम–विकासवस्तीमा चौथौं बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

लामो समय देखी कराते सिक्दै आएका प्रशिक्षाथीहरुको  स्वास्थका लागि खेल र रास्ट्रका लागि खेलू मुल नारा सहित चौथौं बेल्ट ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा ६ जना प्रशिक्षार्थीहरुले नयाँ वेल्ट प्राप्त गरेका थिए। उक्त कार्यक्रममा कराते प्रशिक्षार्थीहरुले विभिन्न खेलहरुका भाग  देखाएका थिए। 

कार्यक्रमको आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघ उपशाखा मन्जित कराते डोजोले आफ्नो संघलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने ब्यतित्व तथा संघसंस्थालाई समेत सम्मान गरेको थियो ।

सम्मान हुनेमा पुनर्वास नगरपालिका वडा नम्वर १० भिमबस्तीका राम बहादुर रोकया लाई परिवार मार्फत सम्मान गरेको थियो। उहाँ हाल साउदीअवरमा हुनुहुन्छ। उहाँले कराते खेलाडीहरुलाइ १२ थान ट्र¥याकसुट उपलब्ध गराउनु थियो।