खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना घाइते

खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते

भक्तपुरको एउटा खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते भएका छन्  ।

हिजो बेलुका सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा पसलका सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भइ सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, काठमाण्डौ कोटेश्वर बस्ने राजेन्द्र कार्की र गीता कार्की, झापा घर भई भक्तपुरको सल्लाघारी बस्ने आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक– ५ कटुन्जे बस्ने विकास पौडेल र हिमुंस थापा घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त छ ।