प्रदेश सभा स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम

प्रदेश सभा स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ । 

प्रदेश सभा सचिवालयले प्रदेश सभा स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सांसद लगायत कर्मचारीको सहभागिता थियो । 

गत वर्ष आजकै दिन माघ ७ गते सुदूरपश्चिम प्रदेशका सांसदले सपथ ग्रहण गरेका थिए । सासदले अस्थायी राजधानी तोकिएको कैलालीको धनगढीमा रहेको जिल्ला समन्वय समितिको हलमा एक भव्य समारोहकाविच पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । 

प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले सासदका जेष्ठ सदस्य कांग्रेस समानुपातिकबाट सांसद बनेकी ७४ वर्षीया दिव्यश्वरी शाहलाई शपथ गराएपछि शाहले अन्य सासदलाई सपथ ग्रहण गराएकी थिईन् ।