पहिलो पटक प्रदेश ७ को ससद अवरुद्ध, बजेटप्रति प्रतिपक्षी दलको असहमति

पहिलो पटक प्रदेश ७ को ससद अवरुद्ध, बजेटप्रति प्रतिपक्षी दलको असहमति

फोटो : ससदमा उठेर विरोध गर्दै विपक्षी दलका सासद (दायाँ) ।

धनगढी : प्रतिपक्षी दल नेपाली काग्रेस र राट्रिय जनता पार्टी (राजपा) ले प्रदेश ७ को ससद अवरुद्ध गरेका छन ।

सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफलका लागि बोलाईएको सोमवारको प्रदेश सभा बैठकको सुरुमै प्रतिपक्षी दल नेपाली काग्रेस र राजपाका सासदले उठेर विरोध जनाएका थिए । 

त्यसपछि सभामुख अर्जुन बहादुर थापाले प्रमुख प्रतिपक्षी काग्रेसका ससदीय दलका नेता रण बहादुर रावललाई बोल्ने समय दिए ।

‘नीतिगत र सैदान्तिक रुपले बजेट आएन । लक्षित वर्गलाई बजेटले छुन सकेन तर, सत्ता पक्षका कार्यकर्ता पोस्ने प्रवृतिले बजेट ल्याईयो ।’ रावलले आक्रोस पोख्दै भने, ‘बहुमतको दम्भले ल्याईएको बजेटलाई हामी कदापी स्वृकार्दैनौ ।’ 

प्रतिपक्षीको अवरोधका कारण सोमवारको बैठक कार्यसुचीमै प्रवेश गर्न नपाउदै सभामुख थापाले मगलवार ४ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । प्रतिपक्षी दलले सरकारले बजेट ल्याएदेखि नै बजेटप्रति असन्तुष्टि जनाउदै आएको थियो ।

बजेट ल्याउनुअघि आफुसग छलफल गरिएपनि दिईएका सुझावलाई समावेश नगरिएको, बजेट वितरणमुखी भएको, प्रदेशका गौरवका आयोजना नसमेटिएको भन्दै उनीहरुले बजेटको छलफल सुरु भएदेखि नै विरोध गर्दै आएको थियो । 

असार ७ गते बसेको बैठकमा समेत काग्रेस र राजपाका सासदले ससद अवरुद्ध गर्ने चेतावनी मात्रै दिएका थिएनन, उनीहरुले भण्डाफोर अभियान नै सञ्चालन गर्ने बताएका थिए । 

प्रदेश सरकार गठनपछि प्रतिपक्षी दलले पहिलो पटक ससद अवरुद्ध गरेका हुन । यसअघि कहिल्यै पनि प्रदेश ७ को ससद अवरुद्ध भएको थिएन ।