सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रक्रियामा रहेका विधेयक अघि बढाउने विषयमा छलफल गरेका छन् ।सभामुख सापकोटाले अहिले प्रतिनिधिसभामा संसदीय समितिका सभापतिहरुसँग छलफल गरिरहेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भइरहेको छलफलमा १० वटै समितिका सभापतिहरू उपस्थित छन् ।प्रतिनिधिसभामा ३६ वटा विभिन्न विधेयकहरु प्रक्रियामा छन् । तीनलाई टुंगोमा पुर्याउनका लागि प्रक्रिया अगाडि बढाउने विषयमा सभामुखले छलफल थालेका हुन् । 

नागरिकता विधेयक, निजामति कर्मचारी सम्बन्धी विधेयक , लोक सेवा विधेयक जस्ता विधेयकहरु पास हुन सकेका छैनन् । अब प्रतिनिधिसभाको बैठक १० गते बस्दैछ ।