कञ्चनपुरमा दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

कञ्चनपुरमा दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

कञ्चनपुर  । कञ्चनपुरको बेलौरीमा शुक्रवारबाट दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

बेलौरी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित भलिबल प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट जम्मा १२ वटा टिमको सहभागिता रहेको छ ।

शुक्रवार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको प्रतियोगिता यही चैत्र १० गतेसम्म सञ्चालन हुने बेलौरी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष महेन्द्र सिंह बुडालले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ र तेस्रो हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ पुरस्कार साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।