दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो ।

मन्त्रालयले दोस्रो चरण अन्तर्गत ५५ वर्षभन्दा माथिका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने कार्यक्रम तय गरे पनि खोप आपूर्ति गर्न केही समय लाग्ने देखिएपछि सो कार्यक्रमलाई स्थगित गर्नु परेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले नेपाललाई थप खोप उपलब्ध गराउने बारे औपचारिक धारणा सार्वजनिक नगरेका कारण केही समयलाई खोप कार्यक्रम स्थगित गर्नु परेको छ ।