बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर आत्महत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर आत्महत्या

कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले श्रीमती २५ वर्षीया रमा चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको र आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान साढे ६ बजेतिर उनले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । त्यसपछि भुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई स्थानीयले पासो काटेर अस्पताल पुगाएका थिए । तर उनको उपचारका क्रममा बिहान सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सेनाले जानकारी दिए ।