दुर्घटनामा परि दुवै खुट्टा फ्याक्चर, आर्थिक अभाबले डेढ बर्षदेखि दिलबहादुरको उपचार हुन सकेन्

दुर्घटनामा परि दुवै खुट्टा फ्याक्चर, आर्थिक अभाबले डेढ बर्षदेखि दिलबहादुरको उपचार हुन सकेन्

धनगढी । डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा २ कोरगाउका २७ बर्षिय दिलबहादुर दमाई खर्चको अभावमा गोठमै छट्पटाईरहेका छन् । आर्थिक स्थिती अत्यन्तै कमजोर भएकै कारण उनको अहिले सम्म उपचार हुन सकेको छैन् ।

रोजगरीका लागि भारतको मुम्बईमा पुगेको तीन दिनमै सडक दुर्घटनामा परे । दुर्घटना परि उनको दुवै खुट्टामा गम्भिर चोट लाग्यो । अहिलेसम्म खुट्टाको उपचारका लागी  आफ्न्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेन । यतिबेला उनी जीवन र मरणमको अवस्था छन् ।

दिल दमाईका बुवा दुर्गा दमाईलाई एकातिर १८ जनाको परिवारलाई दैनिक जिविकोपार्जन गर्न मुस्किल छ भने अर्को खाउखाउ उमेरको छोरो घरमा खर्चको अभावमा पिडामा तड्पी रहेको देख्दा उनको मन जलेको छ । सम्पत्तिको नाममा एक घर छ । छोराको उपचारमा १५ लाख बढी खर्च गरि सकेका छन् । गर्मी सुरु भएसङ्गै छोराको खुट्टामा घाउ पाक्न सुरु भएको छ ।

थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा रहेको छ । दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाईसहित १८ जना रहेका छन् । परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् ।

आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरूका लागि दिल बहादुर दमाईको वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।