कैलालीमा अवैध सामान र माछाका भुरा बरामद

कैलालीमा अवैध सामान र माछाका भुरा बरामद

धनगढी । सशस्त्र प्रहरी बलले कैलालीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहतका वीओपीबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो। 

जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध भारतबाट भित्र्याइएका ३ लाख ८५ हजार  ३ सय ७५ बराबरका लत्ताकपडा, मोटरसाइकल, ईलोक्ट्रोनिक सामान बरामद गरेको हेडक्वाटरले जनाएको छ। यस्तै ९० हजार बराबरको माछाको भुरा समेत बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ।

बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ति भन्सार कैलालीमा बुझाइएको र माछामा भुरा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।