दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु

दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु

दार्चुला । दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

सोमबार बिहान ७ बजेतिर दार्चुला-गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेका ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।