एमालेमा ओली र नेपाल पक्षबीच छलफल हुँदै

एमालेमा ओली र नेपाल पक्षबीच छलफल हुँदै

पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा एमालेका दुवै पक्ष वार्तामा बस्न लागेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई वार्ताका लागि बोलाउनुभएको हो ।

अहिले केहीबेरमा दुवै पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने स्रोतले जनाएको छ । छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुनेछ ।

यस्तै नेपाल पक्षका तर्फबाट नेपालसहित झलनाथ खनाल सहभागी हुने बुझिएको छ । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि दुई पक्षबीच पहिलोपटक छलफल हुन लागेको हो ।