अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैनः काँग्रेस सह-महामन्त्री महत

अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैनः काँग्रेस सह-महामन्त्री महत

धनगढी । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसले अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ नरहेको बताएका छन्। 

आज सोमबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले यस्तो बताएका हुन् । उनले भने, “स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ। तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन। 

उनले थप्दै भने, वर्तमान सरकारको विकल्प जरुरी छ, लोकतान्त्रिक मुल्य र मान्यतालाई मजबुत गर्न जरुरी छ । यो सरकारबाट हुन सक्दैन। त्यो बुझेर, निष्कर्ष निकालेर नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने कुरा आयो भने हामीले नेतृत्वबाट भाग्ने कुरा आउँदैन।”