कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते

कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गअन्तरगत २ नम्बर चौराह नजिककै आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ खा ८९३२ नम्बरको बस र विपरित दिशातर्फ गइरहेको सुप प्र.००१–०८–प १५२७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन्।

मोटरसाइकलको पछाडि बस्ने कैलालीको गौरीगंगा नगरपालिका ६ बस्ने वर्ष २२ का दीपक बोहराको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय ललित नाथको हात खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।
उनीहरुको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। भने बस र बस चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।