गोइत समूहले लियो सिरहा बम विस्फोटको जिम्मा

गोइत समूहले लियो सिरहा बम विस्फोटको जिम्मा

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ ।

गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिएको हो ।

मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ । मालपोत कार्यालयमा शंकास्पद विस्फोटक पदार्थ पड्किँदा ८ जना घाइते भएका छन् । 

आइतबार दिउँसो लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठाको प्लाई छेउमा कुकर बमजस्तो देखिने शंकास्पद विस्फोटक पदार्थ विस्फोट भएको हो ।