नेता एनपी साउदले भने,-'कांग्रेसले सत्ताका लागि अपवित्र सम्झौता गर्नु हुँदैन '

नेता एनपी साउदले भने,-'कांग्रेसले सत्ताका लागि अपवित्र सम्झौता गर्नु हुँदैन '

धनगढी । नेपाली कांग्रेसका नेता एनपी साउदले सबै राजनीतिक दलहरु निःशर्त रुपमा कांग्रेसको नेतृत्व स्वीकार गरेर एकतावद्ध नहुँदासम्म पार्टी सरकारमा जान नहुने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा जानका लागि सबै राजनीतिक दलहरुले कांग्रेसको नेतृत्व निःशर्त रुपमा स्वीकार गरेर एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

“सबै राजनीतिक दलहरु जबसम्म नेपाली कांग्रेसलाई निस्शर्त नेताको रुपमा नेपाली कांग्रेसको झण्डा मुनी, नेतृत्व मुनी एकतावद्ध बन्न सक्दैनन् तबसम्म हामीले सत्तामा गएर हेर्नुपर्ने कुनै आवश्यकता छैन,” नेता साउदले भने ।

उनले कांग्रेसलाई अन्य दलहरुसँग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको पनि जिकिर गरे ।