धनगढी : मोफसलकै सर्बाधिक धनराशिको तेस्रो सुदुर पश्चिम् खप्तड गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा थ्री स्टारलाई १-० ले पराजित गर्दै पुलिसले उपाधी कब्जा गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसका जर्सी नम्बर ८ का अभिषेक रिजालले दोस्रो हापको ६६ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । गोल्डकप बिजेता बनेको पुलिसले २१ लाख पुरुस्कार पायो भने उपबिजेता थ्री स्टारले १० लाखमा चित्त बुझायो ।