धनगढीको नवजीवन अस्पतालको कन्ट्रोल पावर युनिटमा आगलागी

धनगढीको नवजीवन अस्पतालको कन्ट्रोल पावर युनिटमा आगलागी

धनगढी । धनगढीको नवजीवन अस्पतालको कन्ट्रोल पावर युनिटमा आगलागी भएको छ । आइतबार दिउँसो अस्पतालको कन्ट्रोल पावर युनिटमा रहेको इन्भटरमा सर्ट सर्किट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पतालमै रहेको फायर एक्सटिन्गुइशरको सहायताले आगो नियन्त्रण लिएपछि ठूलो क्षति हुन नपाएको जनाएको छ ।

आगलागी पछि अहिले अस्पतालको विद्युत सेवा अवरुद्ध भएको छ । ठूलो क्षति हुनबाट अस्पताल जोगिएको छ ।