लुकीछिपी ट्याक्टरमा ल्याउँदै गरेको काठसहित बाजुरामा तीन जना पक्राउ

लुकीछिपी ट्याक्टरमा ल्याउँदै गरेको काठसहित बाजुरामा तीन जना पक्राउ

बझाङ  ।  सुर्मा गाउँपालिकाबाट लुकीछिपी ट्याक्टरमा ल्याउँदै गरेको काठसहित तीन जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

कैलाली घोडाघोडी–८ घर भएका ट्याक्टर चालक पर्वत विसीसहित काठ ढुवानी गराउने सुर्मा ५ घर भएका  दिनेश बोहरा र सुरेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तिनै जनालाई अवैध काठ ओसारपसार सम्बन्धी अनुसन्धान गर्न थुनुवा पुर्जी गरेर प्रहरी हिरासतमा राखेको डिभिजन बन कार्यालयका अनुसन्धान अधिकृत भीम प्रसाद ढकालले बताउनुभयो ।

सल्लाको ६६ थान चिरान गरेको घर बनाउन प्रयोग हुने बरामद गरिएको काठ र ट्याक्टर बन कार्यालयमै राखिएको छ ।