माओवादी केन्द्रको बैठकले बादल र लेखराज भट्ट समेतलाई कारवाही गर्दै

माओवादी केन्द्रको बैठकले बादल र लेखराज भट्ट समेतलाई कारवाही गर्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका नेतामाथि कारवाहीको प्रकृया अगाडि बढाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारवाहीको तयारी सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकरी दिए।

स्थायी कमिटीको शनिवारको बैठकले एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ, श्रम मन्त्री गौरीशंकर चौधरी लगायत एमालेका केन्द्रीय सदस्य मनोनित भएका २३ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्न निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पार्टीले आज कारवाहीको निर्णय गर्ने साहले जानकारी दिए।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। उक्त निर्णयसँगै एमालेमा विवाद चर्किएको छ भने माओवादी केन्द्रले पनि एमाले प्रवेश गरेकालाई कारवाहीको तयारी गरेको छ।