बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ ।