डोटीमा मृत चितुवा फेला, गोली लागेको पुष्टी

डोटीमा मृत  चितुवा फेला, गोली लागेको पुष्टी

डोटीको शिखर नगरपालिका १० वन लेकमा चामेको कुण्ड नजिक मृत भेटिएको पाटे चितुवा गोली लागि मृत्यु भएको पुष्टी भएको छ । चितुवा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो ।

डिभिजन वन कार्यालयमा चितुवाको पोष्टमार्टम गर्दा चितुवाको शरीरमा दुईवटा गोली लागेको पाइएको डिभिजन वन कार्यालय डोटीका रेन्जर शुरेश रोकायाले बताए । उनले गोली लागेकै कारण चितुवा मरेकोे जानकारी दिए।

चोरी शिकारी गर्ने व्यक्तिहरुले चितुवा मारेको हुन सक्ने भएकाले डिभिजन वन कार्यालय डोटीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय र पशु इकाई कार्यालयको रोहबरमा डिभिजन वन कार्यालयल डोटीको कार्यालय परिषरमा नै चितुवा गाडिएको रेन्जर रोकायाले जानकारी दिए ।