धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा विद्यार्थीहरुद्धारा तालाबन्दी

धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा विद्यार्थीहरुद्धारा तालाबन्दी

धनगढी । धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रा.लीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन । तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना मागहरु पुरा नभएको भन्दै तालाबन्दी गरेका हुन ।

तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको ओजेटी आजका मिती सम्म पनि सञ्चालन नभएको भन्दै उनीहरुले ताला बन्दी गरेको बताएका छन । पटक–पटक व्यवस्थापन समितीलाई जानकारी गराउँदा पनि आफ्ना मागप्रति चासो नदेखाएकोले बाध्य भएर ताला बन्दी गर्नु परेको विद्यार्थीहरुले बताए ।

साथै तालाबन्दी गरेको समयमा कुनै नराम्रा गतिविधी भएको खण्डमा आफुहरु जिम्मेवार नहुने विद्याार्थीहरुले जनाएका छन । यसको जिम्मेवारी स्वयम प्रशासन हुनु पर्ने समेत बताएका छन ।