कैलाली सुनचाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा धनगढीमा सुरु

कैलाली सुनचाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा धनगढीमा सुरु

धनगढी । कैलाली सुन चाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ । शनिबार विहानदेखि धनगढीस्थित रुवस होटलको सभाहलमा नेपाल सुन चाँदी तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको प्रमुख आथित्यतामा संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुरु भएको हो ।

संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा जिल्ला भित्र रहेर सुनचाँदी सम्बन्धी व्यवसाय गरिरहेको व्यक्तिहरुको सहभागिता रहेको छ । यस्तै उक्त साधारण सभामा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायतका व्यक्तहरुको उपस्थिती रहेको थियो ।

साथै साधारण सभाबाट नयाँ  कार्य समिती पनि चयन गने बताईएको छ ।