नेपाल भर्सेस पीएनजी: दूवैलार्इ जितको खाचो‌ं

नेपाल भर्सेस पीएनजी: दूवैलार्इ जितको खाचो‌ं

विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नुअघि नेपाली टोलीको स्पष्ट लक्ष्य थियो, एकदिवसीय मान्यता प्राप्त गर्नु। त्यसका लागि नेपालसँग दुई विकल्प थिए। पहिलो, समूहचरणको शीर्ष तीन भित्र रहँदै सुपरसिक्समा स्थान बनाउँने। जसले सोझै एकदिवसीय मान्यता प्राप्त गराउँथे।

तर, समूह चरणमा लगातार सुरुवाती तीन खेल हारेपछि नेपालकोे त्यो सम्भावना सकियो र बाँकी रहेको दोस्रो विकल्पको प्रयोग आज नेपालले पपुवा न्यूगिनी(पीएनजी)सँग खेलेर गर्दैछ। नेपाल र पीएनजी क्रस प्लेअफमा सातौं स्थानका लागि दिउँसो सवा एक बजे हरारेमा खेल्दैछन् र दुवैको एकदिवसीय मान्यता पाउने सम्भावना आजै टुंग्गो लाग्नेछ।

अर्कातर्फ सोही समयमा क्वीक्वी स्पोर्टस क्लबमा हुने अर्को प्लेअफमा नेदरल्याण्ड र हङकङ भिड्दैछन्। सो खेलको नतिजाले पनि नेपाल र पीएनजीको एकदिवसीय मान्यता पाउने सम्भावनाको निक्र्यौल गर्नेछ। नेपालले पीएनजीलाई पराजित गरेमा र नेदरल्याण्डले हङकङलाई पराजित गरे नेपालले सोझै एकदिवसीय मान्यता पाउनेछ।

यदि नेपालले पीएनजीलाई पराजित गर्यो तर हङकङले नेदरल्याण्डलाई पराजित गर्यो भने एकदिवसीय मान्यताका लागि नेपाल र हङकङ पुनः सातौं स्थानका लागि भिड्नेछन् र विजेता टोलीले एकदिवसीय मान्यता पाउनेछ। यदि नेपाल पपुवा न्यूगिनीसँग आज पराजित भएमा नवौं स्थानका लागि नेदरल्याण्ड र हङकङबीचको पराजित टोलीसँग खेल्नेछ। सो खेल खेल्नु भनेको नेपाल पुनः डिभिजन दुईमा झर्नु हो।