सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । 

यसैबीच नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनयन भएका नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत माओवादी केन्द्रले निर्देशन दिएको छ । 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । बादललाई वागमती र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।