धनगढीको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको सक्रियता, चौराहामा पनि राखियो होडिङ बोर्ड

धनगढीको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको सक्रियता, चौराहामा पनि राखियो होडिङ बोर्ड

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले शुक्रवार धनगढी बजारको ट्राफिक चौराहा  ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखेको हो ।

धनगढी उपमहानगरपालिका भित्र प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले जानकारी दिए । उनका अनुसार ट्राफिक सचेतना अभिवृद्धि गर्ने,  चालक र परिचालक तथा सर्बसाधारणहरुमा  ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक चौराहामा ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखिएको हो ।

धनगढीको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । होडिङ बोर्डमा लेन अनुशासन पालना गरौँ, सुरक्षित सडकको प्रयोग गरौँ, ट्राफिक सङ्केतको पालना गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ, तीव्र गतिमा सवारी नचलाऔँ, ट्राफिक नियम पालना गरौँ लगायतका नाराहरू समावेश गरिएको छ ।