एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज : बागमती प्रदेश इञ्चार्जमा ‘बादल’

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज : बागमती प्रदेश इञ्चार्जमा ‘बादल’

नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् । 

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै बैठकले बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ ।