धनगढीका केही ठाउँमा २ दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने, कारण यस्तो !

धनगढीका केही ठाउँमा २ दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने, कारण यस्तो !

धनगढी । धनगढी उपमहानगरपालिकाको केही स्थानमा नेपाल टेलिकमका सेवा यही फागुन २९ र चैत्र १ गते अवरुद्ध हुने भएका छन ।

नेपाल टेलिकम धनगढीले शुक्रबार एक सूचना जारी गर्दै सो कार्यालयले धनगढीको विशालनगर, चौराहा, ज्ञानुप्लाजा, बसपार्क, बडहारा, भन्सार रोड वरपरमा सेवा प्रभावित हुने जनाएको हो।