खप्तड गोल्डकपको फाइनल आज, कस्ले मार्ला बाजि ?

खप्तड गोल्डकपको फाइनल आज, कस्ले मार्ला बाजि ?

धनगढी : तेस्रो अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा आज रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन ।

साथै आजको फाइनल खेलमा कसले बाजि मार्ला भन्ने समर्थमा खुलदुली बढेको छ ।थ्री स्टार मेची नेत्रालय काक्करभीट्टालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै पुलिस फाइनल पुगेको थियो ।

उपाधिका लागि आज दिउँसो २ बजे धनगढी रंगशालामा खेल हुने छ । फाइनलमा पुगेका दुवै टोलीले मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेका छन् ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।