कञ्चनपुरमा सुत्केरी मृत्यु प्रकरण : महाकाली अस्पतालमा तालाबन्दी गर्न खोजेपछि तनाव सिर्जना

कञ्चनपुरमा सुत्केरी मृत्यु प्रकरण : महाकाली अस्पतालमा तालाबन्दी गर्न खोजेपछि तनाव सिर्जना

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भको विषयलाई लिएर पीडित पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव सिर्जना भएको छ। 

बुधबार राति  अस्पताल पुगाइएर शल्यक्रिया मार्फत शिशु जन्माएकी दोधाराचाँदनी नगरपालिका–५ शिवनगरकी २० वर्षीया ज्योति सुनारको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको भन्दै आफन्तले शनिबार अस्पतालको मूल गेटमा तालाबन्दी गर्न खोजेका थिए। 

तर प्रहरीले बल प्रयोग गरेर तालाबन्दी गर्न रोकेपछि आक्रोशित आफन्त मूल गेटमै लम्पसार भएर सुतेपछि स्थिती तनावग्रस्त बनेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अहिले अस्पतालमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। 

उनकाअनुसार पीडित पक्ष र स्थानीय प्रशासनका बीचमा छलफल भने जारी राखिएको छ । प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पीडित पक्ष र स्थानीय प्रशासनबीच बिहीबार दिउँसो छलफल भएपनि कुनै सहमती हुन नसकेको जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेको छ।