कैलालीमा ट्याक्टरसहित अबैध काठ बरामद

कैलालीमा ट्याक्टरसहित अबैध काठ बरामद

धनगढी । सशस्त्र प्रहरी कैलालीद्धारा ट्याक्टरसहित अबैध काठ बरामद गरेको छ। कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलियासहित ट्याक्टर बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण बिओपि लठ्ठाँघाटबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलिया ६८.०८ (क्विफिट) सालको काठ से १ त १७१८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी सव डिभिजन बन कार्यालय बसन्तामा बुझाएको जनाएको छ।

जसमा १ लाख बराबरको काठ र ५ लाख को ट्याक्टर गरी जम्मा अन्दाजी ६लाख बराबरको रहेको सशस्त्र प्रहरी कैलालीले जनाएको छ।