नाइकको स्मार्ट सुज सार्वजनिक, खुकुलो वा टाइट गर्न झुक्न नपर्ने

नाइकको स्मार्ट सुज सार्वजनिक, खुकुलो वा टाइट गर्न झुक्न नपर्ने

स्पोर्ट्स कम्पनी नाइकले स्मार्टफोनबाटै कन्ट्रोल गर्न सकिने जुत्ता सार्वजनिक गरेको छ । यसको मुख्य विशेषता भनेको उक्त जुत्ता खुकुलो वा टाइट गर्न झुक्न पर्दैन । नाइकको एडेप्ट नामको उक्त जुत्ताको मूल्य ३ सय ५० अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ । 

जुत्ता लगाउँदा अटोमेटिक एडजस्ट हुने 

कम्पनीले ट्विटमार्फत एडेप्ट जुत्तालाई प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरेको थियो । उक्त जुत्तामा भएको सेन्सरका कारण जुत्ता खुट्टामा लगाउनेबित्तिकै अटोमेटिक एडजस्ट हुनेछ । त्यसका लागि अटोमेटिक फिटिङ मोडमा राख्नुपर्ने हुन्छ । 

कम्पनीले उक्त जुत्ता बास्केटबल खेललाई ध्यानमा राख्दै बनाएको बताएको छ । यो जुत्ता लगाएर खेलको समयमा जुत्ता कस्न र बे्रकको समयमा खुकुलो बनाउन सकिन्छ ।