कञ्चनपुरमा शल्यक्रिया गरी बच्चा जन्माएकी सुत्केरी महिलाको मृत्यु

कञ्चनपुरमा शल्यक्रिया गरी बच्चा जन्माएकी सुत्केरी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा अपरेसन गरी बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका ५ शिवनगर बस्ने २० वर्षीय ज्योति सुनारको बिहीबार बिहान अपरेसन गरी बच्चा जन्मेपछि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुधबार राति सुत्केरी व्यथा लागेकी सुनारलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि महाकाली अस्पतालमा ल्याइएको थियो।आज बिहान अस्पतालले उनको अपरेसन गरेर बच्चा निकालेको थियो। 

आइसियुमा राखेको केही समयपछि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।बच्चा भने सकुशल रहेको प्रहरीले जनाएको छ।महिलाको मृत्युबारे पीडित पक्ष र अस्पताल समितिबीच छलफल भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।