महाशिवरात्रिको अवसरमा कैलालीमा सुरक्षा व्यवस्था कडा

महाशिवरात्रिको अवसरमा कैलालीमा सुरक्षा व्यवस्था कडा

धनगढी । महाशिवरात्रिकोे अवसरमा कैलाली जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाशिवरात्रिलाई मध्यनजर गर्दै जिल्लाको शान्तिसुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

शिवरात्रिको समयमा भाङ, धतुरो, मदिरा खाएर होहल्लागरी र विकृती फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले शिवरात्रिको समयमा लागुपदार्थ सेवन उत्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरुलाई कानून बमोजिम कडा कारवाही गर्ने समेत बताए । धनगढीका सडकहरुमा समेत प्रहरीले सवारी साधन चेकजाचँ मा कडाई गरेको छ ।