कालीकोट सदरमुकाम मान्मवाट सर्खुेतका लागि छुटेको देउती नागरिक यातायातको हाईस दैलेखको आठबिस नगरपालिका वडा नं एकको सियालाघाटमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाईते भएका छन ।
घाईते मध्य दश जनाको अवस्था गम्वीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले वताउनुभयो । दुर्घटना परी मृत्यु हुनेमा कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका दुईका वर्ष ३८ का जितेन्द्र शाही रहनु भएको छ ।
गाडीमा २१ जना रहेको र केही घाईते सामान्य भएपनि केहीको अवस्था भने गम्वीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिव दुई मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १८ जना मध्य केही घाईते भएको र केहीको बिवरण आउन वाँकी रहेको वताउनुभयो ।
कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । केही स्थानीयले भने गाडीमा २१ जना हुन सक्ने वताएका छन ।