ओली र माधव समूहका कार्यकर्ताबीच धनगढीमा झडप, पार्टी कार्यालयमा प्रहरी परिचालन

ओली र माधव समूहका कार्यकर्ताबीच धनगढीमा झडप, पार्टी कार्यालयमा प्रहरी परिचालन

धनगढी । धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच झडप भएको छ। 

यसअघि पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको 'नेम प्लेट' बाट ओली समूहले भीम रावलको हटाइ लेखराज भट्टको र अध्यक्षमा भानुभक्तको हटाएर कर्ण थापाको राखेपछि माधव समूहका कार्यकर्ताले नाराबाजी गर्नुका साथै 'नेम प्लेट' तोडफोड गरेपछि दुवै समूहबीच झडपको अवस्था सिर्जना भएको थियो।

झडपका क्रममा प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको छ भने पार्टी कार्यालयमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।