सातौं वार्षिकोत्सवको अबसरमा संगमले ग¥यो दृष्टि फाउन्डेसन लाई सहयोग

सातौं वार्षिकोत्सवको अबसरमा संगमले ग¥यो दृष्टि फाउन्डेसन लाई सहयोग

धनगढी : संगम बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नरेश बिष्टकोे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति धनगढी उपमहानगरपालीकाका प्रमुख नृप ओड रहनुभएको थियो ।उहाँले दिप प्रजलन गरि कार्यक्रमको उद्धघाटन गनुभएको हो ।

सातौ वार्षिकोत्सवको अवसरमा सहकारीका बिभिन्न कर्मचारीलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसर पारी यस संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना र दृष्टि फाउन्डेसनलाई पचास हजार बराबरको १० वटा बेड समेत सहयोग गरेको छ ।

दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले सडकमा रहेका मानसिक रुपमा अशक्त भएका महिलाहरु रोडमा बस्ने अवस्थामा रहेकाले संगम बचत तथा ऋण सहकारीले सामाजिक कार्यगरी बेड बितरण गरेकोमा खुसी लगेको बताउनुभयो ।यस्तै रक्तदान कार्यक्रममा १९ जनाले  रक्तदान गरेकाे जनाएकाे छ ।

२५ जना सेयरबाट सुरुवात गरेको सस्थाले डेढ करोड सेयर पु्जी बनाउन सफल भएकोे छ।यस संस्थाका अध्यक्ष नरेश बिष्टले प्रत्येक बर्ष सहकारी संस्थाले बिभिन्न कार्यक्रम गर्दै आइरहेको बताउदै संगम बचत तथा ऋण सहकारीले बचत तथा ऋण असुली गर्ने कार्य नभई बिभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको बताउनुभयो ।

यस्तै संस्थाका प्रवन्धक सञ्चालक मनमोहन बिष्टले सुरुवातदेखी सामाजिक कार्य गर्दै आएकोले सातौं वार्षिकोत्सवको अबसरमा पनि रक्तदान तथा दृष्टि फाउन्डेसनलाई सहयोग गरेको बताउनुभयो ।

प्रमुख अतिथि वडले सामाजिक कार्य गर्दै आएको सहकारीलाई धन्यवाद दिदै सामाजिक कार्यमा निरन्तर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले स्थानिय सरकार पनि सहकारीकै साथमा रहेको बताउनुभयो ।