ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने पौडेलको भनाइ

ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने पौडेलको भनाइ

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताएका छन् । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाइ समर्थन गर्न नैतिकताले नदिने बताएका हुन् । 

साथै प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । यतिखेरको राजनीतिमा केपी ओली बाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनु पर्ने बताए ।

उनले भने  ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन । यदी यस्तो भयो भने कांग्रेस अरुको खेलौँना भएर भुमिका विहिन हुन सक्छ । अहिलेको देशको संकट अरुलाई साथ दिएर पनि पार लगाउन सकिन्छ ।

त्यसको लागी प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक  हुन सकिन्छ ।’ तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए ।