डाक्टर कि अभियान्ता ? (कविता)

डाक्टर कि अभियान्ता ? (कविता)

 डाक्टर कि अभियान्ता ? 

डाक्टर साहेब
तिमी डाक्टर या अभियान्ता ?
मैले त बुझ्नै सकेन
डाक्टर भनौं भने
औशीं पूर्णिमामा अनसन बस्छौ
अभियान्ता भनौं भने 
देशमा महामारी फैलिदा औषधि वितरण गर्छौ ।

डाक्टर साहेब
तिमी डाक्टर हो भने
बिरामीको उपचार गरिदेऊ
मल्हम पट्टी लगाई देऊ
बिरामी निको बनाई देऊ
अनसन बस्नु छोडि देऊ
यदि तिमी अभियान्ता हो भने
डाक्टरको पेसा छोडि देऊ
सरकारको तलब छोडि देऊ
सरकारको मानु खाएर
सरकारको नै बिरोध गर्न सुहाएन ।

डाक्टर साहेब
तिमी अनसन बसेको 
मलाई कुनै रिस छैन,
संका,आपत्ति केहि छैन 
तिमी असाहय, विपन्नको लागि
निर्दोश केटाकेटीको लागि,
बृद्धबृद्धा तथा सबैको लागि
अनसन बसेको हो ।
तर डाक्टर साहेब
तिमी सरकारी सेवामा हुँदाहुँदै
प्रतिपक्षको जस्तै सरकारको बिरोध गर्न
तिम्रो पदिय आचारण सहिंताले दिदैन,
पदिय जिम्मेवारीले दिदैन,
नैतिकताले दिदैन ।

डाक्टर साहेब
तिमी
कसुर न्याय र समान्ताका लागि,
दीनहिनको पक्षमा आवाज मुखरित गर्छौ भने,
राज्यको बेथिती अत्याचारको बिरोध,
निशाचारहरुको बिगबिगी विरोध,
शत्ति र शत्ताको आडमा अन्याय गर्नेको 
विरुद्ध बोल्नुछ भने 
सरकारी सेवा छोडी देऊ
स्वतन्त्र नागरीक भएर अनसन बस ।

डाक्टर साहेब
गरिबका लागि राज्य हुनुपर्छ भन्यौं
राज्यको सेवा सुविधा
कर्णाली अनि दूर सुदूरमा पनि हुनु पर्छ भन्यौं,
गरिबको छोराले पनि डाक्टर हुनुपर्छ भन्यो ।
यसमा कसैले साथ दिए
कसैले पागल, बहुला भने,
कसैले राजनितिक गर्न खोजे
शत्तामा छदा सबैले बिरोध गरे
शत्ताबाट बाहिर आउना साथ हाइहाइ गरे
सायद यहि भएर होला
पछिल्ला तिम्रा अनसनमा
अलि अलि भए पनि राजनितिक गन्ध आउन थालेको ।
तिमी त सरकारी डाक्टर पो
उपचार गर्नु तिम्रो जिम्मेवारी
तर उल्टै तिमी
अस्पताल बन्द गराई,
उपचार गर्नु ठप्प राखि,
अन्य डाक्टरलाई पनि बिरोध गर्न
सडकमा बोलाउछौं ।
के यो तिम्रो जिम्मेवारीले दिन्छ रु

डाक्टर साहेब
तिमी आफनो लागि पक्कै
अनसन बसेको त हाईनौं,
आफनो लागि केहि मागेका छनौं,
उल्टै कतै रोगको महामारी फैलिदा
औषधि र मलम पट्टी वितरण गरौं,
देशलाई घर सम्झौं,
देशको लागि केहि गर्न खोजौं,
त्यसैले तिमी डाक्टर र अभियान्ता भयौं
तर यसो हुन सक्दैन 
सरकारी मान्छे, सरकार कै बिरोधि
कि डाक्टर भएर
अरुलाई जीवन देऊ 
नाम र दाम कमाऊ
अनि आफनो घर बनाऊ
कि अभियान्ता बन
देशमा रहेका सबै बेथितिको अन्त्य गर
यसमा मेरो साथ रहन्छ
हरेक नागरीकले साथ दिन्छनन्
अनि सडक तात्छ,
सदन तात्छ,
संहदरबार हलिन्छ,
देश थप्प रहन्छ,
बर्षा त को भेल जस्तै
तिम्रो पक्षमा जनताको ओइरो लाग्छ, 
अनि सरकार झुक्छ,
माग सम्भोदन गर्न बाध्य हुन्छ ।
अनि स्वास्थ्यमा मुहार फेरिन्छ,
कर्णालीमा डाक्टर जान्छन्,
मनाङ मुस्ताङमा औषधि पुग्छ,
दूरसुदूरका रोगीले उपचार पाउछन्,
गरिबका सन्तान पनि डाक्टर बन्छन्,
त्यसैले डाक्टर बन या अभियान्ता ।

हरि भट्ट, धनगढी कैलाली