चौरपाटी गाउँपालिकाले साढे ३ बर्षमा गरेका १०१ काम के-के हुन ? (श्वेत पत्रसहित)

चौरपाटी गाउँपालिकाले साढे ३ बर्षमा गरेका १०१ काम के-के हुन ? (श्वेत पत्रसहित)

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले साढे ३ बर्षको अवधिमा गरेका कामहरु श्वेत पत्र मार्फत घोषणा गर्दै सार्वजनिक गरेको छ । मुख्य उपलब्धिको रुपमा गाउपालिकाले गरेका काम श्वेत पत्र घोषणा सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिबद्ध गर्दै गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले श्वेत पत्र मार्फत सार्वजनिक गरेका हुन ।

गाउपालिकाले पुर्वाधार बिकास, सामाजिक बिकास, आर्थिक बिकास र सँस्थागत विकास तथा सेवा प्रवाहलाई गाउँपालिकाले मुख्य उपलब्धीका रुपमा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पालिका भित्रका सबै वडामा सडक सन्जाल बिस्तार, विधुत लाईन बिस्तार, विधुत विस्तार नभएको टोलमा ४ सय ९५ घरधुरीमा सौर्य उर्जा वितरण, ५ हजार बढि रिचार्ज पोखरी निर्माण, जिल्लामै पहिलो साक्षर गाउपालिका घोषणा, सुदुरपश्चिम भरि ढिके नुन प्रतिबन्ध गर्ने पहिलो पालिका, चप्पल उधोग स्थापना, कोदो सँरक्षणका लागि फलेको कोदोसँग चामल सटहि गरि कोदो बजारिकरण गरि कैलालीका बिभिन्न शहर पठाएको, स्वरोजगार मेला आयोजना गरि बेरोजगार युवाहरूको तथ्याक सँकलन गरि १ सय ६९ जनालाई स्वरोजगार बनाईएको लगाएतका कामको सुची अध्यक्ष साउदले प्रस्तुत गरेका हुन ।

यी हुन चौरपाटी गाउँपालिकाले साढे ३ बर्षमा गरेका मुख्य कामहरु :