देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएकामध्ये काठमाण्डाै उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डाैमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा  ६२ जना कोरोनामुक्त भएका छन् ।

अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।