मझगाउँ विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान भएसँगै स्थानीय हर्षित

मझगाउँ विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान भएसँगै स्थानीय हर्षित

कञ्चनपुर । गौचरणमा परिणत भएको कञ्चनपुरको मझगाउँ विमानस्थल  निर्माणका लागि बोलपत्र आह्वान भएसँगै स्थानीय खुसी भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेका मुलुकका विभिन्न विमानस्थल पुनः निर्माण गरेर सञ्चालन गर्ने योजना अनुसार बोलपत्र आह्वान गरेपछि हवाई सेवा प्राप्त गर्न पाउने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

द्धन्द्धकालमा सुरक्षाको कारण देखाउँदै बन्दै गरिएको मझगाउ विमानस्थल लामो समयदेखि गौचरणका रुपमा प्रयोग हुँदै आएको छ । उक्त विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट व्यापक पहल गरिएपछि नागरिक उड्डयन प्राधिकरणले पुनः सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ ।