सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार दोस्रो पटक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार दोस्रो पटक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सरकारका मन्त्रीहरुका व्यवस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । यसअघि फागुन १७ गते पनि बैठक स्थगित गरिएको थियो ।