पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु. ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ ।