फेरी बढ्यो सुनको मुल्य, तोलाको कति ?

फेरी बढ्यो सुनको मुल्य, तोलाको कति ?

बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।

हिजो प्रतितोला ८७ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुुल्य ८७ हजार ५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय १५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो ।