कञ्चनपुरको पुनर्वासमा एक महिलाको मृत्यु

कञ्चनपुरको पुनर्वासमा एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा बिष सेवन गरेको केहि दिन पछि एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी  ७१ भाजी चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिँह बिष्टका अनुसार चौधरीले सोमबार बिष सेवन गरेको बुझिएको छ ।  सेति प्रादेशिक अस्पतालमा उपचार गरेर चौधरीलाई डिस्चार्ज गरेको साझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको मृत्यु बिष सेवनकै कारण हो या हाईन भन्ने बारेमा भने मृतको रिर्पोट आएपछि थाहा हुने प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए । चौधरीले बिष सेवन गर्नुको कारण भने खुलेको छैन् ।