धनगढीमा ट्रकको ठक्करबाट विद्युतको पोल ढलेपछि...

धनगढीमा ट्रकको ठक्करबाट विद्युतको पोल ढलेपछि...

धनगढी । धनगढीमा ट्रकले विद्युतको पोललाई ठक्कर दिएपछि पोल ढलेको छ । उपमहानगरपालिका–४ स्थित चटकपुरमा सु.प.प्र०१००१क१७१३ नम्बर ट्रकले विद्युतको पोललाई ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शीका अनु्सार ट्रकले विद्युतको पोलमा ठक्कर दिएपछि पोल ढलेको छ । विच सडकमै विद्युतको पोल ढलेपछि सवारी साधन चलाउन समस्या भएको छ ।

भने उक्त क्षेत्रको विद्युत समेत अवरुद्ध भएको छ । त्यसैगरी एउटा मोटरसाईकटमा पनि क्षेती पुगेको बताईएको छ । ट्रक भने फरार अवस्थामा रहेको छ ।